सिन्धुपाल्चोक डट कम

नमस्कार

यतिबेला तपाई सिन्धुपाल्चोकको जिल्लाखबर आदानप्रदान गर्ने नेपालीभाषी साईट सिन्धुपाल्चोक डट कमभित्र हुनुहुनछ र तपाईले नियालिरहनु भएको यो पृष्ठ यस साईटको पहिलो सस्करण हो जहाँ हामी तपाईलाई हृदयदेखि स्वागत गरिरहेका छौं ।

यो साईट खासगरी सिन्धुवासी र त्यहुवाट अन्यत्र रहनुभएकाहरुप्रति लक्षित छ । तर उदाङ्गो संसारसामु यसको अर्थ सूचना र संस्कारप्रतिको संकुचन होईन र हामी साँघुरो घेरामा बाधिने कसरत पनि गरिरहेका छैनौं । सूचना प्रवाहको सिद्धान्तमा यस्ता घेरा र दायराहरु जरुर अस्वीकृत हुन्छन् पनि ।

अनि उल्लेख गर्न खोजिरहेको चाहि के हो भने खासरुपमा सिन्धुका खबर संसारलाई सम्प्रेषण गर्ने माध्यम बन्ने प्रारम्भिक अभ्यासमा हामी जुटेका हौं । यसकारण पनि सिन्धुपाल्चोकमा भएगरेका र हुने घटना विकास उन्नती प्रगति तथा सम्पूर्णखाले परिवर्तनप्रति शतर्क रहँदै निरन्तर सूचना सम्प्रेषण गर्नु हाम्रो प्रयास हुने छ । यसका साथै सिन्धुका प्रतिभार सिन्धुले गर्व गर्ने स्रस्टाहरुप्रति सदा श्रद्धा गरिरहनु हाम्रो दायित्व हुने छ ।

हामी संसारलाई हेलम्बू देखाउन र चिनाउन चाहन्छौं । भैरबकुण्डपाँचपोखरी र मेलम्चीको प्राकृतिक रहस्यको नजिक पुर् याउन चाहन्छौं । दुगुनागढीको साहासिक युद्ध-इतिहास पढाउन चाहन्छौं र सिन्धुभूमिका कालजयी स्रष्टा वा प्रतिभाहरु’bout संसारलाई जानकारी बाड्छौं अनि मातृभूमिको गर्व शीरमा बोकेर छातीलाई चौंडा पार्न चाहन्छौं ।

तर यही सत्य र पवित्र उद्देश्यको बाटोमा कसैले पनि एक्लो यात्रा नगरोस् अनि हामी सवै संगसंगै अघि बढौं भन्ने हाम्रो भावना र चाहना हो । जसका लागि तपाई जहाँ रहेपनि वा भएपनि हामी तपाईसंग आत्मीयता गुस्न चाहन्छौं । तपाइले हाम्रालागि सामग्रीप्रति प्रतिकि्रया र सुझाव पठाउने हुने छ सम्पर्क गर्नुहुने छ र मार्गनिर्देशन गरिरहनु हुनेछ । हाम्रो अपेक्षा तपाई संग । 

 हामीलाई सुझाव पठाउनुस्-

prembaniya@gmail.com

kris_gp@hotmail.com

Advertisements

मार्च 13, 2007 at 12:32 अपराह्न 32 comments


वर्गहरु

  • Blogroll

  • Feeds